कपिलवस्तुमा लागु औषध चरेस सहित २ महिला पक्राउ

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलवस्तु
कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ ।

ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो । सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका १ बस्ने बर्ष ३३ कि रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ कि तुलसा रोका मगरको साथबाट   १ के.जि. ८२६ ग्राम लागु चरेस बरामद गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भएको छ।

sahani furniture udyog

प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा निजहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अबस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनु भयो। ।

लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.