पशु स्वास्थ्य शिविरबाट चार सय बढी पशु लाभान्वित

0
Quantam abroad studies

कपिलवस्तु , माघ २८
कृष्णनगर नगरपालिका पशु सेवा शाखा बहादुरगन्जको अायाेजनामा १ दिने पशु स्वास्थ शिबिर संचालन भएको छ ।

कृष्णनगर नगरपालिका वडा न .७ का वडा अध्यक्ष राज किसाेर यादवको अध्यक्षता तथा पशुपालक कृषकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कुल ८४ कृषका ४२६ बढी पशु लाभान्वित भएका छन् ।

पशु सेवा शाखाका कर्मचारीले उक्त शिविरमा पशुको लागी औषधी बितरण संगै पशु पालक कृषकलाइ पशुमा हुन सक्ने विभिन्न रोग र समस्या बारे सचेत गराउदै उचित सल्लाह सुझाव समेत दिएका थिए । यस कार्यक्रममा बाझोपन निवारण , आन्तरिक पतिजिवि , बहिर्य परिजिवि लगायत रोगको उपचारका लागी औषधी बितरण भएको पशु सेवा शाखा प्रमुख असर्फि प्रसाद यादवले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.