
एस एम न्युज , फाल्गुन १२
पाँच सय रुपैयाँ प्रहरीलाइ नदिदा रातभरि हिरासतमा रखेको तरकारी ब्यापारीको आरोप । फाल्गुन १० गते बिहिवार साझ बुद्धभुमि नगरपालिका -१० देवपुराबाट लु १ च ६३९८ नम्बरको पिकाअपमा बालदिन तरकारी तथा फलफुल सप्लायर्सबाट गोलभेडा लोड गरि तौलिहवा हुँदै गाडी कृष्णनगर तिर लाग्छ ।
साझा करिब ८-९ बजे गोलभेडा लोड गरिएको गाडी ईलाका प्रहरी कार्यालय कृष्णनगर अगाडी प्रहरीले रोक्छ । प्रहरीले गाडी रोकेपछि इन्ट्री गर्न भन्छन् । गाडीको चालक रन्जित मौर्य गाडी इन्ट्री गर्न जान्छन् । गाडी इन्ट्री गर्दा प्रहरीले पाँच सय इन्ट्री शुल्क माग गर्छन् र चालकले कस्तो इन्ट्री शुल्क भनी प्रश्न गर्छन् । चालकले पैसा दिनका लागि गोलभेडा धनी रहिम कुजडालाइ बोलाउछ्न । कुजडाले नेपाली गाडी इन्ट्री गर्दा कुनै शुल्क नलाग्ने र आफुले नदिने बताउँछन् । त्यस पश्चात प्रहरीले चालक मौर्य र तरकारी ब्यापारी कुजडालाइ रात भरि थुनेको कुजडाले बताए । राती इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुखलाइ तरकारी ब्यापारी कुजडाको दाइ भेट्न खोज्दा भेट गर्ने नमानेको कुजडाले दाबी गरे । त्यसैगरी संचारकर्मिले घटना बारे बुझ्न फोन गर्दा इलाका प्रहरी कार्यालयको फोन समेत उठेन ।
आर्को दिन बिहान ९ बजेको सेरोफेरोमा गाडी , चालक र ब्यापारीलाइ बिना सर्त रिहा गरिन्छ । यसरी रातभरि दुइ ब्यक्तिलाइ बिनाकारण थुन्नु प्रहरीको ज्यादती रहेको तरकारी ब्यापारी कुजडाले बताए । नियम बिपरित पाच सयको माग गर्नु र आफुले सो रकम नदिदा रातभरि खोरमा बस्नु पर्दा समाजिक बेइज्जत भएको कुजडाले बताए । उनले आफुले कुनै किसिमको अनियमितता समेत नगरेको सबै कागजपत्र समेत रहदा पनि बिनाकारण थुनिनुले दुखित हुन भएको बताए । प्रहरी कै कारण आफ्नो पचास हजारको गोलभेडा खराब भएको समेत कुजडाले दाबि गरेका छन् ।

यसैगरी घटाना विषयमा सत्यतथ्य बुझ्न ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख लक्षमण ओलिलाइ पटकपटक सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन । ओलिको फोन नउठेपछि कपिलवस्तु जिल्लाका प्रहरी उपरीक्षक नवरतन पौडेल संग यस विषयमा प्रतिक्रिया लिदा उहाँ घटनाको दिन जिल्ला बाहिर कार्यक्रममा रहेको हुँदा आफुलाइ यस विषयमा जानकारी नरहेको बताउनुभयो । उपरीक्षक पौडेलले बिनाकारण कुनै पनि ब्यक्तिलाइ थुन्ने अधिकार प्रहरीलाइ नभएको र घटना विषय सत्यतथ्य बुझ्ने बताउनुभयो ।

