पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य यादवलाई भ्रष्टाचार आरोप लागेपछि निलम्बन

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु 
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभा’ सदस्य श्री जानकी प्रसाद यादवलाई निम्बन गरिएको छ । पुर्व उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री समेत रहेका यादवलाई भ्रष्टाचार आरोप लागेपछि निलम्बन प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले प्रदेश सदस्बाट स्वतः निलम्बन भएको सूचना निकाली जानकारी गराउनु भएको छ । 

सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप पत्र काठमाडौं स्थित विशेष आदलतमा दायर भएपछि उनलाई निलम्बन गरिएको हो । भ्रष्टचारको मुद्धा लागेमा राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था रहेको अनुसार यादवलाई निलम्बन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ (घ) ले स्पष्ट पारेको छ । 

विचाराधीन अवस्थामा रहेकोमा मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था अनुसार लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम मिति २०८० फागुन ८ गतेदेखि प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन भएको शुक्रबार प्रकाशित सूचनामा उल्लख गरिएको छ । 

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.