
शहबाज खान , कपिलवस्तु
कपिलवस्तुमा रहेको हुदा माडल माध्यमिक विद्यालयले आयोजित गरेको खेलकुद प्रतियोगिताको उद्घाटन इन्डो नेपाल सामाजिक मंचका राष्ट्रीय सचिव इकरार अहमद खाँले गरेका छन् ।
खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले प्रतिस्पर्धाको भावना विकास गर्ने खाँले बताए । आफ्ना प्रतिस्पर्धीलाई उछिन्नका लागि अनेक प्रयास गरिन्छ । प्रतिस्पर्धीलाई उछिनेर सफल हुने दौडले स्वस्थ्य प्रतिस्पर्धाको भावना विकास गर्ने समेत खांले बताए। खेल्नु र पढ्नुको ध्येय उस्तै हो । किताब पढेर बैचारिक ज्ञान बढ्छ भने खेलेर उनीहरुको शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ । तर हामीलाई के लाग्छ भने, खेलले पढाई बिगार्छ वा पढाईमा बाधा गर्छ । तर खेलले पढाईमा बाधा गर्ने होइन बरु सहयोग पुर्याउँछ सचिव इकरार अहमद खाँले बताए ।
पढ्नउनुको उदेश्य स्वस्थ्य जीवन-यापन गर्नु पनि हो । हामीले पाठ्युपुस्तकमा पढछौं स्वस्थ्य हुनुपर्छ । नेतृत्वको क्षमता हुनुपर्छ । आत्माविश्वास बढाउनुपर्छ र वास्तवमा पाठ्यपुस्तकले सिकाउने यी कुरा व्यवहारिक रुपले खेलकुदबाट सिक्न पाइन्छ । त्यसैले बच्चालाई खेलकुदमा प्रेरित गर्नुपर्छ भन्ने कुरामा राष्ट्रीय सचिव खाँले जोड़ दिनुभयो।


विद्यालय आफ्नो लाभको लागि होइना समाजको लाभ हुने भावनाका साथ २०५५ सालमा यस हुदा माडल माध्यमिक विद्यालयको स्थापना गरेको संचालक डा. अब्दुल मोबिनले बताए। शुरुको दिनमा यस विद्यालयलाई संचालन गर्दा निकै चुनौतिहरुको सामना गर्न पर्यो तर हामी सबै चुनौतिहरुको सामना गर्दै अगाड़ी बढदै जादा सफलताको मार्गमा पुग्नालागेको संचालक मोबिनले बताए।
यस विद्यालयबाट पढेका विद्यार्थीहरु नेपाल सरकारको विभिन्न सरकारी निकायहरुमा जागीर गरि रहेका छन् । कोई डाक्टर बनेर समाजको सेवा तिर पनि लागेका छन् । यस विद्यालयमा प्रत्येक वर्ष खेलकूद प्रतियोगिताको आयोजना हुन्छ जीवनमा सधै जित हुँदैन । जीवनमा सधै सोचेजस्तो सफलता मिल्दैन । यस्तो कुराले हामीलाई हतोत्साही गर्छ । तर, खेलकुदमा लाग्नेहरुले हारलाई पनि सहज रुपमा पचाउन सक्छन् । खेलकुदमा हार र जित हुनु स्वभाविक हो । जब हार हुन्छ, त्यसलाई कसरी स्विकार्ने भन्ने कुरा खेलकुदले नै सिकाउँछ डा. मोबिनले बताए।
