
पंकज ओझा , तौलिहवा
माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय तौलिहवाले १२ औं स्थापना दिवसको अवसरमा बिरुवा बितरण कार्यक्रम आयोजना गरेको छ ।

संस्थाको प्रमुखको लाल किशोर मण्डलको अध्यक्षता , वडा नं ५ का वडाध्यक्ष दिरेप चौधरीको प्रमुख आतिथ्यता , तौलिहवा ट्राफिक प्रहरीका प्रतिनिधि सन्तोष गन्धर्व र, NPABSAN कपिलवस्तुका नगर अध्यक्ष गणेश कुमार श्रीवास्तव, रत्न राज्य मा वि का शिक्षक रमेश महराको आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा निशुल्क बिरुवा बितरण गरिएको थियो । नीम, तेजपत्ता, जामुन, अर्जुन, टीक, कल्की प्रजातिका कुल १०५ पिस बिरुवा बितरण गरिएको थियो । पैराडाइज चिल्ड्रेन एकेडेमीमा आयोजना गरिएको कार्यक्रममा बिद्यार्थी , शिक्षक , अभिभावक लगायत उपस्तिथ ब्यक्तिलाइ बिरुवा बितरण गरिएको थियो ।

बिरुवा बितरण कार्यक्रममा बोल्दै दिरेप चौधरीले बढ्दै गरेको गर्मि, वायु प्रदुसणलाइ रोकथाम गर्न बोटबिरुवाहरुको रोपाई तथा संरक्षण गर्न आवस्यक रहेको बताउनुभयो । यसैगरी कार्यक्रमका अध्यक्ष मण्डल अनुसार जीवन देखि मृत्यु सम्मको अवधिमा बोट बिरुवा अपरिहार्य रहेको साथै व्यक्तिगत, सामाजिक वतावरण मैत्रीमा वृक्षारोपण प्रमुख दायित्व रहेको समेत बताउनु भएको छ l

