बुद्धभुमीको प्रेमनगरमा नि:शुल्क स्वास्थ्य शिविर

0
Quantam abroad studies

कपिलवस्तु , असार ६
बुद्धभुमी नगरपालिका वडा न. ५ को प्रेमनगर चोकमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युनिटि हेल्थ क्लिनिकको सहयोग तथा युवा नेता तथा समाजसेवी रबिन्द्र ठाकुर (रबि) को अगुवाइ र समन्वयमा सो स्वास्थ्य शिविर संचालन भएको थियो ।

शिविरमा प्रादेशिक अस्पतालका बरिस्ठ फिजिसियन डा.शम्भु खनाल तथा भैरहवा मेडिकल कलेजका बरिस्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा.सबिता अर्यालले बिरामीको चेकजाँच गरि परामर्श एवम् औषधी बितरण गर्नु भएको थियो । वरिष्ठ डाक्टरहरु संग गाउँघरमै स्वास्थ्य चेकजाँच गराउन पाउदा स्थानीयहरु उत्साहित देखिएका थिए ।

सो स्वास्थ्य शिविरमा कुल १६४ जनाले स्वास्थ्य चेकजाँच गराइ लाभान्वित भएका छन् । स्वास्थ्य चेकजाँच , परामर्श संगै बिरामीहरुलाइ औषधी समेत बितरण गरिएको थियो । सो स्वास्थ्य शिविरमा ६५ हजार बढीको औषधी नि:शुल्क बितरण गरिएको समाजसेवी रबिले बताउनुभयो ।

sahani furniture udyog

यसैगरी शिविर स्थलमा बरिस्ठ समाजसेबी रुद लाल बन्जाडे, स्वस्थ्यकर्मी महासंघका केन्द्रिय सचिब बिजय अर्याल, दीप चौधरी लगायत ब्याक्तित्वको उपस्थिति समेत रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.