कृष्णनगरमा मन्त्री तिमिल्सिनाको स्वागत: महिला सशक्तीकरण र शिक्षामा विशेष ध्यान

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलवस्तु 

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाले कृष्णनगर नगरपालिकामा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा शिक्षा र महिला सशक्तीकरणमा प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री तिमिल्सिनाले कृष्णनगरमा महिला सेलको भवन निर्माणका लागि प्रदेश सरकारबाट रु २२ करोड विनियोजन गर्ने जानकारी दिँदै, “महिलाहरूको अधिकार र विकासमा सरकार प्रतिबद्ध छ। यहाँ महिला सेलको भवन निर्माणले महिलाहरूको सामाजिक र आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने छ।”

कार्यक्रममा नेपाली कांग्रेसका नेता र पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तु जिल्लाको विकासका लागि प्रदेश सरकारको सक्रियता आवश्यक भएको कुरा जोड दिंदै भने, “कपिलवस्तु विकासका दृष्टिकोणबाट पछाडि परेको जिल्ला हो। यसलाई अगाडि बढाउन प्रदेश सरकारको विशेष ध्यान र पहल आवश्यक छ। विशेष रूपमा शिक्षामा फोकस गर्नुपर्छ।”

sahani furniture udyog

कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले विद्यालयहरूको शिक्षक दरबन्दी र विद्यार्थीको अनुपातमा सुधार ल्याउनुपर्ने कुरा व्यक्त गर्दै, “विद्यार्थीहरूको संख्या बढ्दै गएको छ, तर शिक्षकको दरबन्दी भने अझै कम छ। यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर शिक्षकको दरबन्दीको व्यवस्थापन गर्नुपर्छ।” उहाँले विद्यालयका भौतिक पूर्वाधारको सुधारमा पनि प्रदेश सरकारको पहलको आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा समाजसेवी भरत किशोर चौधरी, मुक्तेश्वर मिश्रा, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ता र नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष ब्रह्मानन्द उपाध्याय लगायतले कृष्णनगरको समग्र विकासका लागि सरकारसँगको सहकार्यको महत्त्वमा जोड दिए।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी खेमराज देवकोटा, युवानेता गोविन्द केसी, कृष्णनगर नगरपालिकाका वडा न.२ का कृष्ण कुमार गुप्ता र वडा न. ७ का वडाध्यक्ष राज किशोर यादवको पनि महत्वपूर्ण उपस्थिति रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.