प्रधानाध्यापक र कार्यालय सहायकको आपसी द्वन्दले बिध्यर्थि  खाजा र शिक्षक तलबबाट बन्चित         

0
Quantam abroad studies

कपिलवस्तु , मसिंर ६                                                     जिल्लाको कृष्णानगर नगरपालिकाको श्री महेन्द्र उच्च माध्यमिक बिधालयका प्रधानध्यापक र कार्यालय सहायकको आपसि द्वन्दका कारण सम्पुर्ण शिक्षक र बिधार्थि पिडित बन्न पुगेका छ्न ।      

                                                                                  उक्त बिधालयका  प्र•अ• बैलेन्द्र श्रिवास्तव  र कार्यालय सहायक कौशलेन्द्र चतुर्बेदि बिच रहेको आपसि द्वन्द बढदै जादा शिक्षक ले साउन देखि तलब पाएका छैन्न भने बिधार्थिले पाउनु पर्ने दिब्या खाजा पाएका छैन्न । स्रोत अनुसार  कार्यालय सहायकको रुपमा रहेका चतुर्बेदिलाइ बिधालय ब्यवस्थापन समितिले लेखापालको जिम्मेवारि दिए पश्चात् उनि घमण्डी भएको र प्रधानाध्यापक श्रिवास्तवलाइ समेत नटेर्ने , हेला गर्ने र हिसाबकिताब सहि तरिकाले नराख्ने गरेका छ्न । उनि बिधालय परिसर भित्रै अनुशासन बिहिन भई बिधार्थि कै अगाडी पान खादै हैकमबाजि गर्ने गरेको समेत स्रोतको दाबि छ ।  उनि कृष्णानगर वडा नं• १० का अध्यक्ष का छोरा समेत हुन र उनि राजनैतिक पकडकै कारण यस बिधालयमा करारमा कार्यालय सहायकको रुपमा प्रबेश गरेको समेत आरोप लागदै आइरहेको छ । यस्तै कार्यालय सहायक लेखापाल चतुर्बेदि सगं शिक्षक ले तलब र बिधार्थिले खाजा किन नपाएको बिषयमा  सोध्दा उनि बिहारि शैलिमा पान चपाउदै प्रधानाध्यापक ले कुनै पनि आर्थिक कारोबारको बिलभरपाइ र हिसाबकिताब आफुलाइ नदिदा बिबाद हुदा प्रधानाध्यापक ले गर्दा तलब र खाजा रोकिएको आरोप लगाए । उनि कृस्णनगर वडा नं• १० का अध्यक्ष का छोरा समेत हुन र उनि राजनैतिक पकडकै कारण यस बिधालयमा करारमा कार्यालय सहायकको रुपमा प्रबेश गरेको समेत आरोप लागेको छ । 

                                                                                 यसैगरि प्र•अ• श्रिवास्तव माथि एकतर्फि रुपमा आर्थिक निर्णय लिने , कर्मचारी सङ रुखो बोल्ने , लेखापाल सङ आर्थिक हिसाबकिताबको समन्वय नगर्ने लगायत आरोप लाग्दै आइरहेको छ । यस्तै प्र•अ• श्रिवास्तव सगं शिक्षक को तलब र बिधार्थिको खाजा बिषय सोध्दा लेखापालले कुनै आर्थिक हिसाबकिताब नदिने  प्र•अ• लाइ तल्लो देखाउन खोज्ने , प्र•अ• लाइ नटेर्ने , आफ्नो मनोमानि हिसाबले हिड्ने हुदा पुरानो हिसाबकिताब हुन नस्क्दा आफुले नया आर्थिक कारोबारमा हात नहाल्दा यो समस्या हुन गएको सुइकारेका छ्न । प्र•अ•श्रिवास्तवले आफु बिधालय प्रमुख भएको र केहि तलमाथि भए सम्पुर्ण आरोप आफुमाथि आउने हुदा लेखापालले पुरानो हिसाबकिताब नगरेसम्म नया आर्थिक कारोबारमा आफुले हाथ नहाल्ने बताए । उनले आफु यस बिधालयमा आएपछि शैक्षिक अवस्थामा सुधार आएको दाबि गरेका छ्न । 

sahani furniture udyog

यस्तै स्रोत र स्थानिय समाजिक अगुवा सगं बुझ्दै जादा यस बिधालयका प्रधानाध्यापक र कार्यालय सहायक बिचको ब्यक्तिगत जुगा र शक्तिको लडाइमा बिधार्थि र शिक्षक मिचिएका छ्न । शिक्षक ले दशै , तिहार , छठ जस्ता पर्बमा समेत तलब नपाउनु र बिधार्थिले दिब्या खाजा नपाउनुमा दुबै जना उत्तिकै दोषी देखिएका छ्न । यस बिधालयको समयमै लेखापरीक्षण र समाजिक परिक्षण नहुदा बिधालयमा ठुलो आर्थिक चलखेल भएको धेरै आशका गर्ने गरेका छ्न ।                  

                                                                                     यसैगरि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष सजंय कुमार गुप्ता सगं यि बिषयमा प्रतिक्रिया लिदा २-३ दिनमै कर्मचारी बिचको द्वान्द समाप्त पारि शिक्षक को तलब र बिधार्थिको खाजा गुप्त समस्याको अन्तय गर्ने दाबि गरेका छ्न । तर प्र.अ र सहायक बीच जुगा शक्तिको लड़ाईलाई  समयमा समाधान गराउने निकाय विद्यालय व्यवस्थापन समिती र शिक्षा समितीको चर्म लापरवाही समेत देखिएको छ समयमा ठोस कदम उठाएको भए विद्यार्थीहरु दिव्या खाजा‌ र शिक्षकहरु तलब बांट वंचित हुने थिएन्न ।         

                                                                                  यसैगरि विद्यालयको वार्षिक अडिट रिपोर्ट बर्षौ देखि भको छैन भने अहिले समाजिक परिक्षण समेत हुन सकेको छैन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.