उपाध्यक्ष चौधरीले प्रधानाध्यापक पान्डेयलाइ ज्यान लिने नियतले कुटपिट गरेको आरोप , महासघंले गर्यो भर्तसना

कपिलवस्तु , मसिंर ८ कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश (लाला ) चौधरीले एक प्रधानाध्यापक ज्यान मार्ने उदेश्यले निर्घात कुटपिट गरेको आरोप लागेको छ । शुद्धोधन गाउँपालिका वडा नं• ४ मुड्फुटवा गाउमा रहेको श्रि नेपाल रास्टिय नमुना मामा•बि• का प्रधानाध्यापक लाल चन्द पान्डेय लाइ निर्घात कुटपिट गरिएको हो ।
मंसिर ६ गते विधालयबाट फर्किने क्रममा लबनी चौक स्थित उपाध्यक्ष होम प्रकाश (लाला)चौधरी बिच बाटोमा बन्दुक देखाई चौधरिका भाई संतोष चौधरी, गोबिन्द चौधरी लगायत ७ जनाको समुहले मिलेर कुटपिट गरेको र ज्यान समेत लिने धम्की दिएको पीडित प्रधानाध्यापक पाण्डेयले बताएका छन् । पान्डेय अनुसार उनले उपाध्यक्ष लाला चौधरी लाइ दिइएको ४ लाख रकम फिर्ता माग्दा कुटपिट भएको हो ।
प्रधानाध्यापक पाण्डेयलाई निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएपछि उनको भैरहवा स्थित मेडिकल कलेजमा उपचार पछि रिफर गरि थप उपचारका लागि काठमाडौं लगिएको छ । यस्तै नेपाल शिक्षक महासघं शुद्धोधन गाउँपालिका समितिले सो घटनाको बिरोध र भर्तसना गर्दै प्रेस बिज्ञप्ति जारि गरेको छ । बिज्ञप्तिमा दोषीलाई कारबाहि गर्दै पिडितलाइ न्याय दिलाउन सम्बन्धित निकाय सगं माग गरेका छ्न । बिज्ञप्तिमा महासघं का अध्यक्ष मुलचन्द पान्डेय र सचिव हरि प्रसाद गैरेले हस्ताक्षर गरि जारि गरेका छ्न ।


यसैगरि उपाध्यक्ष चौधरी पटक पटक यस्ता कुटपिट का घटनामा पर्दै आएका छ्न । यस अघि उन्ले आफ्नो पालिकाकै कर्मचारी लाइ कार्यालयमै कुटपिट गरेको आरोप लगेको थियो ।
