
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।

आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
