रौतहटमा दर्शनार्थी चढेको स्कर्पियो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

0
Quantam abroad studies

रौतहटमा आज दर्शनार्थी चढेको स्कर्पियो दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । बाराको महागढिमाई नगरपालिकामा लागेको पञ्चवर्षीय गढिमाइ मेला हेरेर सिरहा फर्किन लागेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो रौतहटको चन्द्रपुर नगरपालिका –४ पूर्वपश्चिम राजमार्ग स्थित धन्सर पुल नजिकैको जंगलमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुने र घाइते सबै यात्रु सिरहाकै छन् ।

sahani furniture udyog

दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नामा गाउँपालिका –३ बंठियाटोलका ६० वर्षिया लरुवती देवी महरा, सोही टोलका ३० वर्षिया उर्मिला महरा, ५० वर्षिया रामकुमारी महरा, ५५ वर्षिया महंगी देवी महरा, ६२ वर्षिया फुलमन्ती देवी चमार, ६० वर्षिया रामकुमारी देवी महरा, ३० वर्षिया सकुन्तला देवी महरा छन । त्यस्तै गाडी चालक सिरहाकै अर्नामा गाउँपालिका –५ बलुवाटोल घर भएका ४० वर्षिय श्रीकुमार यादवको पनि मृत्यु भएको छ ।घाइते भएका मध्ये चार जनाको अवस्था सामान्य रहेको छ भने गम्भीर घाइते भएकी कन्या देवी महरालाई बयोधा अस्पताल विरगंज रेफर गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.