
कपिलवस्तु नगरपालिका वडा नं. ६, सेमरीमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार लु२ त ९६८५ नम्बरको ट्याक्टरले सेमरी गाउँस्थित सडकमा साइकलयात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका राजु अन्सारीका छोरा अवरोज अन्सारीको उपचारका क्रममा कपिलवस्तु अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो।

घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्थानियहरूले सडक सुरक्षामा ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
