भारतकाे हरियाणामा ३६ सय बढी मुसा चाेरी

0
Quantam abroad studies

हरियाणाको जीन्द जिल्लाको ढाठरथ गाउँमा एउटा अनौठो चोरीको घटना सार्वजनिक भएको छ। एनिमल हाउसबाट ३,५०० पोथी मुसा र १५० भाले मुसा गायब भएका छन्। यी मुसाहरू साना जनावरहरूमाथि हुने अनुसन्धान, अध्ययन, र प्रजनन प्रयोजनका लागि पालिएका थिए।

चोरहरूले मुसाहरू मात्र होइन, तिनलाई खुवाउन प्रयोग गरिने १२ बोरा दाना पनि चोरी गरेका छन्। यो घटनाले स्थानीयवासीलाई चकित तुल्याएको छ। पिल्लूखेड़ा थाना पुलिसले घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

यस चोरीको बारेमा विस्तृत अनुसन्धान जारी रहेको र यसको उद्देश्यबारे विभिन्न कोणबाट छानबिन भइरहेको इन्डिया टिभीले जनाएको छ .।

sahani furniture udyog

४ वर्षदेखि फार्म हाउसमा लगातार काम गरिरहेका आफ्ना मेनेजरमाथि चोरी गरेको आरोप लगाउदै मुसा चोरी भएको भनी प्रहरीमा उजुरी दिएका हुन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.