
शहबाज खान, कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरमा पृथ्वी नारायण शाहको सम्झनामा कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पृथ्वी जयन्ती मनाइएको छ। मुख्य बजार गोलघर क्षेत्रमा आयोजित दीप प्रज्वलन तथा माल्यार्पण कार्यक्रमले राष्ट्र नायकको योगदानलाई स्मरण गर्यो।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा पूर्व मेयर पदका प्रत्याशी दीपक राजौरिया, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, महासचिव हरिओम तुलस्यान, राप्रपा युवा संगठनका सुनिल मोदनवाल, सुधिर कहारलगायत विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा राष्ट्र नायक पृथ्वी नारायण शाहको जीवनी र नेपाल एकताका लागि उनले गरेका संघर्ष तथा बलिदानका बारेमा चर्चा गरियो। सहभागीहरूले पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै उनको योगदानको कदर गरे।
पृथ्वी नारायण शाहले नेपाललाई एकीकृत राष्ट्रका रूपमा स्थापित गर्न पुर्याएको योगदान आजका पुस्ताले पनि सम्मानपूर्वक स्मरण गर्नुपर्ने सहभागी वक्ताहरूले बताए।
