कपिलवस्तुमा फरार प्रतिवादी पक्राउ अभियान: ६ महिनामा २५९ जनालाई नियन्त्रण

0
Quantam abroad studies

कपिलवस्तु, माघ ३ – कपिलवस्तु जिल्लामा फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानले तीव्रता पाएको छ। जिल्लामा गत छ महिनामा मात्रै २५९ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ।

कपिलवस्तु प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश डाँका, चोरी, लागुऔषध, सवारी ज्यान तथा अङ्गभङ्ग, बहुविवाह, बाल विवाह, जबरजस्ती करणी, कर्तव्य ज्यान, अपहरण तथा अन्य विविध अपराधमा संलग्न थिए।

पक्राउ परेका प्रतिवादीबाट २१९ वर्ष कैद सजाय र २१ लाख ६० हजार ८७ रुपैयाँ जरिवाना रकम असुली गरिएको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर भएको छ। आर्थिक वर्ष २०७९/८० मा ७२ जना र २०८०/८१ मा १३५ जना फरार प्रतिवादी पक्राउ गरिएको थियो।

sahani furniture udyog

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जारी गरेको तथ्यांक अनुसार, यस पटक डाँका तथा चोरी मुद्दाका २९, लागुऔषधका १६, सवारी ज्यान तथा अङ्गभङ्गका १३, बहुविवाह तथा बाल विवाहका ९, जबरजस्ती करणीका १०, कर्तव्य ज्यान, खुन डाँका तथा अपहरणका ७ र अन्य १७७ जना प्रतिवादीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ।

4o

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.