
कपिलवस्तु , कृष्णानगर
कृष्णानगर नगरपालिका-३, कृष्णानगरमा रहेको श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर संरक्षण समितिको आयोजनामा पछिल्ला दुई वर्षदेखि कलश यात्रा सञ्चालन हुँदै आएको छ। यो यात्रा कृष्णानगर बजारको परिक्रमा गर्दै पुन: मन्दिर परिसरमै समापन हुने गरेको छ।
२०७८ माघ ७ गते सोमबार, महिलाहरू र बालिकाहरूले २५१ वटा कलशहरू टाउकोमा राखी भव्य कलश यात्रा सम्पन्न गरे। पुजारी राजकुमार मिश्र र उनका सहयोगी मोहन जायसीको नेतृत्वमा गरिएको यस यात्रामा मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन श्रीवास्तव, उपाध्यक्ष विंदावासिनी गुप्ता, सचिव राजेन्द्र अग्रहरी (राजू), सहसचिव सालिकराम अग्रहरी, कोषाध्यक्ष नन्दकिशोर वर्मा, र सदस्यहरू गोपाल मिश्र, तारा यादव, बिन्दवासिनी तिवारी, पुजारी पासी, बजरंगी गुप्ता, र बब्बु भगत यादव लगायतको उपस्थिति थियो।

यात्रामा अमन गुप्ता (कौलापुरी), महेश यादव, राहुल मोदनवाल (वडा नं. २ का वडासदस्य), सांसद प्रतिनिधि बृजेशकुमार गुप्ता, सुनील मोदनवाल (जिल्ला अध्यक्ष, युवा संघ रा.प्र.पा.), गोपाल प्यारे चन्देल (नगर अध्यक्ष ए.आई.एम.एल.), मनोज ओझा (सामाजिक कार्यकर्ता तथा खोज न्यूज टुडेका निर्देशक), शिवा कश्यप र विक्की मिश्राले सहयोग गरेका थिए।
सुरक्षाको दृष्टिले कृष्णानगरका प्रहरी निरीक्षक सूरज खत्री, एएसई सुशील केसी, प्रहरी उप-निरीक्षक भक्त बहादुर राणा, थानाध्यक्ष विनोद श्रेष्ठ, प्रहरी जवान भगत चौधरी, नवीन यादव लगायतका सुरक्षाकर्मी खटिएका थिए। नेपाल सशस्त्र प्रहरी बलका जवानहरू पनि तैनाथ गरिएका थिए।
कलश यात्रा श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिरबाट सुरु भई शिव बिडी फ्याक्ट्री, पुरानो आईपीसी कार्यालय, कृष्णानगर नगरपालिकाको यात्री गेट, शिव मन्दिर, गुरुद्वारा, मुख्य सडक हुँदै दुर्गा मन्दिर (पुरानो बसपार्क) सम्म पुगेर पुनः मन्दिरमा फर्किएर शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
