कृष्णनगरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलवस्तु 

कृष्णनगर नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्व सांसद अभिषेक प्रताप शाह तथा नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुखले गरेका थिए।

प्रतियोगितामा सामुदायिक तथा गैर-निजी विद्यालयहरू गरी कुल ११ विद्यालय सहभागी भएका छन्। ३ दिनसम्म चल्ने यस प्रतियोगितामा कबड्डी, भलिबल, हाइजम्प, दौड लगायत १४ विधाका खेलहरू समावेश गरिएका छन्।

प्रमुख अतिथि पूर्व सांसद अभिषेक प्रताप शाहले खेलकुद विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको बताए। उनले भने, “खेलकुदले अनुशासन, आत्मनिर्भरता र प्रतिस्पर्धी भावना विकास गर्छ। विद्यार्थीहरूलाई अध्ययनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिनुपर्छ।”

sahani furniture udyog

नगर प्रमुख रजत प्रताप शाहले नगरपालिकाले खेलकुद प्रवर्द्धनलाई प्राथमिकता दिइरहेको बताए। उनले भने, “स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य छ। नगरपालिकाले आगामी दिनमा खेलकुद पूर्वाधार तथा गतिविधिहरूलाई अझ मजबुत बनाउनेछ।”

यस प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्ने तथा उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजक समितिले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.