जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरको वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु 

कपिलवस्तुको कृष्णानगर नगरपालिका–३ मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगर ले रहमान वार्षिकोत्सव २०२५ को आयोजना गरी विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।

विद्यालय प्रशासनका अनुसार, सो अवसरमा खेलकुद तथा शैक्षिक क्षेत्र मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानपत्रका साथै प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्नेहरूलाई विशेष उपहार प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कृष्णानगर नगरप्रमुख रजत प्रताप शाह थिए भने विशिष्ट अतिथिमा नेपाल प्रहरीका नायब महानिरीक्षक उमा चतुर्वेदी, महराजगंज नगरप्रमुख अब्दुल कलाम खां, राष्ट्रीय अनुसन्धानका बब्लु चतुर्वेदी, वडाध्यक्ष सगीर अहमद खां, लुम्बिनी प्रदेश मदरसा बोर्डका निवर्तमान उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अलकुफी, तथा अन्य विभिन्न धार्मिक, शैक्षिक र खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता नाजिम शमीम अहमद नदवी ले गरेका थिए।

नगरप्रमुख रजत प्रताप शाह ले मदरसा शिक्षालाई नेपाल सरकारको शैक्षिक मूलधारमा समावेश गर्दै आधुनिक शिक्षासँग जोड्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले मदरसामा अध्ययन गरेका विद्यार्थीहरूलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउनु आजको समयको माग भएको बताए।

sahani furniture udyog

नेपाल प्रहरीका नायब महानिरीक्षक उमा चतुर्वेदी ले विद्यार्थीहरूलाई राष्ट्रसेवामा समर्पित रहन प्रेरित गर्दै विद्यार्थी जीवनमा शिक्षकहरूले प्रदान गरेको ज्ञानलाई व्यवहारिक रूपमा उपयोग गर्नुपर्ने कुरामा जोड दिइन्।

त्यस्तै, महराजगंज नगरप्रमुख अब्दुल कलाम खां ले नेपाल सरकारद्वारा मदरसा शिक्षा प्राप्त गरेका विद्यार्थीहरूको प्रमाणपत्रलाई मान्यता नदिइनु चुनौतीपूर्ण भएको बताए। उनले नेपाल सरकार र मदरसा सञ्चालक समितिबीच समन्वय गरी धार्मिक तथा आधुनिक शिक्षा समेट्ने पाठ्यक्रम विकास गर्नुपर्ने सुझाए।

कार्यक्रममा नगरप्रमुख शाह, नायब महानिरीक्षक चतुर्वेदी, नगरप्रमुख खां, वडाध्यक्ष सगीर अहमद खां लगायत अतिथिहरूलाई दोसल्ला ओढाएर सम्मान गरियो।

जामिया सिराजुलवलुम अलसल्फियाका प्रबंध निर्देशक शमीम अहमद नदवी र निवर्तमान उपाध्यक्ष मौलाना मशहुद खां नेपाली ले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको शैक्षिक गतिविधि तथा भविष्यका योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूले मदरसा शिक्षा प्रणालीको सुधार, विद्यार्थीहरूको उज्ज्वल भविष्य तथा धार्मिक एवं आधुनिक शिक्षाबीचको समन्वयलाई प्राथमिकतामा राख्दै सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.