जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु, माघ २३

कपिलवस्तु जिल्ला अदालतको फैसलाअनुसार जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी राम बहादुर कुर्मी पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको हो।

sahani furniture udyog

तुलसीपुर उच्च अदालतले २०७८ मंसिर ९ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैदको सजाय तोकेको थियो। उक्त फैसलापछि फरार रहेका कुर्मीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु अन्तर्गतका प्रहरी टोलीले कपिलवस्तु महराजगंज नगरपालिका–३ स्थित लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका प्रतिवादीलाई अदालतमा उपस्थित गराई बाँकी ४ वर्ष ४ महिना १० दिन कैद सजाय भुक्तान गर्न कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.