कपिलवस्तुमा लंगुरबुर्जा खेल्दै गरेका १२ जना पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु प्रहरीले लंगुरबुर्जा (खोरखोरे) खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। वाणगंगा नगरपालिका-१०, गोगापुरमा जुवा खेल भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

शिव थारुको घर आँगनमा लंगुरबुर्जा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरूको साथबाट रु. ३,१५,१८० नगद९ वटा गोटी र बुर्जाबरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धान जारी :

पक्राउ परेका १२ जनाविरुद्ध जुवा सम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले ७ दिनको म्याद थपदिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

को-को परे प्रहरी फन्दामा?

पक्राउ पर्नेहरूमा कपिलवस्तु, रुपन्देही र बुटवलका व्यक्ति रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा:

राजेश वि.क. (३०), वाणगंगा-१०, कपिलवस्तु

दिलीप कुमार लोध (४०), शुद्धोधन-२, कपिलवस्तु

श्रीकृष्ण चौधरी (४०), वाणगंगा-१०, कपिलवस्तु

पशुपति जैसवाल (२२), गैडहवा-१, रुपन्देही

sahani furniture udyog

सन्तोष यादव (२०), गैडहवा-३, रुपन्देही

मनोज राजपुत (२४), गैडहवा-२, रुपन्देही

अर्जुन कलवार (३०), गैडहवा-३, रुपन्देही

विक्रम क्षेत्री (३०), गैडहवा-३, रुपन्देही

असलम मुसलमान (४२), लुम्बिनी सांस्कृतिक नपा-११

शंकर थापा (४०), बुटवल उपमहानगर-८

सर्वजित वि.क. (४२), कञ्चन-५

चित्र बहादुर राना (३०), कञ्चन-४

प्रहरीले जुवा खेलकुद (नियन्त्रण) ऐनअनुसार उनीहरूमाथि कानुनी कारबाही अघि बढाउने जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.