कपिलवस्तुमा लागुऔषधसहित दुई भारतीय पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु— नेपाल–भारत सीमा नजिकै कृष्णनगर नगरपालिका–२ स्थित लिंकगेटमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। सोमबार नेपाल प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेट एमएच ०२ सिडि १५२६ रहेको गाडी जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लाको बढ्नी ग्राम दूधवानिया बुजुर्गका ३६ वर्षीय इकरामुद्दीन र १९ वर्षीय नसिम खान रहेका छन्। प्रहरीले इकरामुद्दीनको साथबाट १०० मिलिग्राम ब्राउन सुगर तथा गाडीभित्र थप १६० मिलिग्राम ब्राउन सुगर फेला परेको जनाएको छ।

sahani furniture udyog

घटनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि प्रहरीले निगरानी कडा पार्ने जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.