जेष्ठ नागरिक सम्मान तथा कम्बल वितरण कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु

कृष्णनगर नगरपालिका वडा नं. ३ द्वारा आयोजित जेष्ठ नागरिक सम्मान तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसममा असहाय तथा विपन्न नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा वृद्धवृद्धा, विधवा महिला, एकल महिला तथा अशक्त व्यक्तिहरूलाई कम्बल वितरण गरिएको हो।

वडा अध्यक्ष सगीर अहमद खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह तथा विशिष्ट अतिथि राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खाँ नेपाली रहेका थिए।

कार्यक्रममा १५८ वृद्धवृद्धा, ३४ एकल महिला, २४ अशक्त व्यक्ति तथा ६२ विधवा महिला लाभान्वित भएका छन्।

मेयर रजत प्रताप शाहले सामाजिक सेवाको महत्वमा जोड दिँदै भने:

वास्तविक विकास भनेको सेवा  सहयोगमा आधारित हुन्छ। सगीर अहमद खाँ  उनको टोलीले आज यो प्रमाणित गरेका छन्।समाजका हरेक जरूरतमन्दसम्म सहायता पुर्‍याउनु हाम्रो कर्तव्य हो।

त्यस्तै, उनले रोजगारीका अवसर र स्थानीय सरकारको भूमिकालाई जोड दिँदै थपे:

sahani furniture udyog

हाम्रो युवा शक्ति विदेशिन बाध्य भइरहेको छ। यस स्थितिमा स्थानीय सरकारले मानिसहरूलाई प्रोत्साहन गर्नुपर्छउनीहरूको समस्यासमाधानमा साथ दिनुपर्छ  आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ।

मौलाना मशहूद खाँ नेपालीले इस्लामिक सामाजिक कल्याण प्रणालीको उदाहरण प्रस्तुत गर्दै भने:

मानव इतिहासमा पहिलोपटक वृद्ध नागरिकहरूको हेरचाह इस्लामिक खलिफा हजरत उमर फरूकؓले गर्नुभएको थियो। उहाँले भीखमागिरहेका एक वृद्ध गैरइस्लामिक व्यक्तिलाई देखेपछि तत्काल राज्यकोषबाट स्थायी भत्ता सुनिश्चित गर्नुभएको थियो।

वडा अध्यक्ष सगीर अहमद खाँले कार्यक्रमको महत्त्व उजागर गर्दै भने:

यो केवल कम्बल वितरण कार्यक्रम मात्र होइनहाम्रो सामाजिक उत्तरदायित्व  एकताको प्रतीक हो। हामी चाहन्छौं कि कृष्णनगरमाकुनै पनि व्यक्ति असहाय नहोस्। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।

कार्यक्रममा वडा सदस्य पुजारी बढई, दुखरा कहार, मुमिना खातुन, ज्योति कोरी, वडा नं. ३ का सचिव अशोक कुमार मिश्र, अब्दुल्ला खाँ, कैफ खाँ, इम्तियाज अहमद खाँ तथा विभिन्न पत्रकार र समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सामाजिक सेवाका यस्ता कार्यक्रमहरू भविष्यमा पनि जारी राख्नुपर्नेमा जोड दिएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.