तराई मधेशका दुई प्रभावशाली दल जनमत–नाउपाबीच पार्टी एकीकरण हुँदै

0
Quantam abroad studies

तराई मधेशका दुई प्रभावशाली दलबीच पार्टी एकीकरण हुने भएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता हुन लागेको हो । यसका लागि नेताहरू अन्तिम गृहकार्यमा छन् ।

sahani furniture udyog

नाउपाका संरक्षक रहेका रेशमलाल चौधरीले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जनमत र नाउपाबीच पार्टी एकीकरण हुन लागेको जानकारी दिए । एकीकृत पार्टीले पहिचानको मुद्दाका लागि सशक्त संघर्ष गर्नेसमेत उनले बताए । चौधरीका अनुसार पहिचानको मुद्दामा डा. बाबुराम भट्टराईको पनि साथ रहनेछ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.