संघीयता खारेजी र राष्ट्रियताको पक्षमा जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन सुरु

0
Quantam abroad studies

गणतन्त्र र राष्ट्रियताको रक्षाका साथै संघीयता खारेजीको मागसहित राष्ट्रिय जनमोर्चाले काठमाडौंमा सप्ताहव्यापी आन्दोलन सुरु गरेको छ।

आइतबार शान्तिबाटीकामा आयोजित सभासहित आन्दोलनको सुरुवात गरिएको हो। कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २४० वर्ष लामो राजतन्त्रको समयमा जनताले केवल दुःख पाएको र मुलुक विकासबाट वञ्चित भएको टिप्पणी गरे।

उनका अनुसार गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट छ, तर गणतन्त्रको नाममा सत्तामा बसेकाहरूले लुटतन्त्र चलाएकाले जनस्तरमा असन्तुष्टि बढेको स्वीकार गरे। उनले भ्रष्टाचारका कारण सत्ताधारी दलका नेताहरू कारवाहीको घेरामा परेकाले जनताको आक्रोश बढेको बताए।

sahani furniture udyog

केसीले राष्ट्रियताको विषयमा पनि गम्भीर चिन्ता व्यक्त गर्दै, मुलुकको सार्वभौमिकता संकटमा परेको दाबी गरे। उनले राष्ट्रियता जोगाउन संघर्ष नै विकल्प भएको बताए।

जनमोर्चाले चैत्र ३० गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सभा र प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संरचना खारेज गर्दै एकात्मक शासन प्रणालीमा फर्किनुपर्ने जनमोर्चाको प्रमुख माग हो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.