सरकारले सोमबार गरेका १३ निर्णय……?

0
Quantam abroad studies

हालै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ता, क्षेत्रीय ऊर्जा सम्मेलन, सुरक्षा व्यवस्थापनदेखि परम्परागत रथयात्रासम्मका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले चैत २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने तथा आवश्यक वार्ताको अख्तियारी प्रदान गर्ने निर्णय गर्यो।

त्यस्तै, आगामी २०८२ वैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने १८औं South Asia Power Secretaries Roundtable (PSRT) कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति दिने निर्णय पनि गरिएको छ।

बैठकले मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव (प्राविधिक) राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने निर्णयसँगै, गृह मन्त्रालय तथा मातहतका निकायहरूमा संगठन तथा व्यवस्थापनको सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ।

सुरक्षा व्यवस्थापन सम्बन्धमा, नेपाली सेनाका एक जनालाई महासेनानीबाट सहायक रथी र अर्को जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने तथा एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

परम्परागत सांस्कृतिक चाडपर्वको सन्दर्भमा, रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) तथा मिननाथको रथयात्राका लागि गुठी संस्थानलाई ६६५.९७ क्यू. फिट काठ उपलब्ध गराउने र उक्त वन पैदावारबाट हुन आउने राजश्व (रोयल्टी) मिनाहा गर्ने निर्णय पनि गरिएको छ।

sahani furniture udyog

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यालय परिवर्तन गरी वडा नं. ४ टप्वामा राख्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ।

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, २०८२ जेठ १५ देखि १७ गतेसम्म जापानको टोकियोमा आयोजना हुने Asia Pacific Telecommunity (APT) Ministerial Meeting मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति दिने निर्णय पनि गरिएको छ।

यी विविध निर्णयमार्फत सरकार प्रशासनिक, कूटनीतिक, सुरक्षात्मक तथा सांस्कृतिक पक्षमा सक्रिय रहेको देखिन्छ।

1

1

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.