लुम्बिनी प्रदेशसहित देशभर वर्षा, प्रदुषणबाट राहत

0
Quantam abroad studies


आज बिहानदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा सक्रिय मौसमी प्रणालीका कारण वर्षा भइरहेको छ। मौसम विज्ञान महाशाखाका अनुसार आजको दिन देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरैजसो ठाउँमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राजधानी काठमाडौं, भक्तपुर र ललितपुरमा बिहानैदेखि हावाहुरीसहित चट्याङ र वर्षा भएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ भने अन्य भागहरूमा पनि छिट्टै वर्षा सुरु हुने संकेत देखिएको छ।

शनिबारसम्म आकाश खुल्ने सम्भावना कम

मौसमविद लामिछानेका अनुसार शुक्रबार (भोलि) र शनिबार पनि मौसममा विशेष परिवर्तन देखिनेछ। कतिपय ठाउँमा घाम देखिए पनि छिट्टै बादल लाग्ने र वर्षा हुने क्रम जारी रहने भएकाले मौसम पूर्ण रूपमा खुलेर घाम लाग्न भने केही दिन कुर्नुपर्ने देखिएको छ।

विशेषगरी कोशी प्रदेश, मधेश प्रदेश र देशको पहाडी भूभागहरू – विशेष गरी मध्यपहाडी क्षेत्रहरू – मा आज र भोलि मेघगर्जनसहित वर्षा हुने सम्भावना उच्च रहेको छ। त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ।

sahani furniture udyog

वर्षासँगै प्रदूषणमा उल्लेखनीय सुधार

धेरै दिनदेखि निरन्तर सूखा मौसमका कारण काठमाडौं उपत्यकाको वायुप्रदूषण उच्च स्तरमा पुगेको थियो। आज बिहान मात्रै IQAir को सूचिमा काठमाडौं १९० AQI भन्दा माथि पुग्दै विश्वको सबैभन्दा प्रदूषित शहरमा पहिलो स्थानमा पुगेको थियो।

तर, आजको वर्षापछि वायुप्रदूषणमा उल्लेखनीय गिरावट आएको छ। हाल काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) घटेर १५२ मा पुगेको छ, जसका कारण काठमाडौं १०औं स्थानमा झरेको छ। मौसमविदहरूका अनुसार वर्षा केही दिन निरन्तर भएमा प्रदूषण अझै घट्ने र वायु गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

तुवाँलो हट्ने, तर पूर्ण खुला मौसमको पर्खाइ

देशका विभिन्न स्थानहरूमा विगत केही दिनदेखि देखिएको बाक्लो तुवाँलो पनि वर्षासँगै क्रमशः हट्न थालेको मौसमविद लामिछानेले जानकारी दिनुभयो। तर, शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने भएकाले आकाश पूर्ण रूपमा खुल्ने र घाम लाग्ने अवस्था अझै केही दिन लाग्नेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.