प्राचीन कपिलवस्तु महोत्सव विवादमा : करको दुरुपयोग , अपारदर्शिता , स्थानीयको आक्रोश र घाटा देखाइ स्वार्थ पुर्ति

0
Quantam abroad studies

कपिलवस्तु , बैशाख ५

कपिलवस्तुमा हरेक वर्ष आयोजना हुने प्राचीन कपिलवस्तु महोत्सव फेरि पनि कर छली, अपारदर्शिता, मनोमानी र स्थानीय हितप्रति बेवास्ताका कारण विवादमा परेको छ।

आठौँ संस्करण सम्पन्न भएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि आयोजक तौलिहवा उद्योग वाणिज्य संघ ले अहिलेसम्म आय–व्यय विवरण सार्वजनिक गरेको छैन। करसमेत नतिरेको पाइएको छ। यता, संघले नवौँ संस्करण यही वैशाख १० देखि २१ गतेसम्म सञ्चालन गर्ने घोषणा गरिसकेको छ।

स्रोतका अनुसार अघिल्लो महोत्सवमा अस्वाभाविक रूपमा खर्च भएको भए पनि त्यसको कुनै स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। स्थानीय कला, संस्कृति, कृषि र व्यापार प्रवर्द्धनमा महोत्सवको योगदान शून्य रहेको भन्दै आलोचना हुँदै आएको छ। कार्यक्रमहरू दिनप्रतिदिन अश्लील र मर्यादाहीन बन्दै गएको भन्दै सामाजिक सञ्जालमा विरोध चर्किएको थियो ।

sahani furniture udyog

चर्को गर्मी र हवाहुरी हुने मौसममा आयोजना हुने महोत्सवमा खाद्यपदार्थ, पेयपदार्थ तथा मनोरञ्जनका साधन अत्यधिक महँगा छन्, जसले निम्न र मध्यम वर्गका सर्वसाधारणलाई सहभागी हुन कठिन बनाएको छ। यस्तै तौलिहवामा निरन्तर चोरिका घटना भएकाले राति महोत्सव लगाउदा सुरक्षा मा समेत गम्भिर प्रश्न उठेको छ ।

अझ चासोको विषय के छ भने— कर नतिरेको, नविकरण नभएको र अपार्दशि संस्थालाई यसपटक पनि कपिलवस्तु नगरपालिका लगायत अन्य सरकारी र निजी निकायहरूले आर्थिक सहयोग दिने कि नदिने? यो विषयमा स्थानीयबासी र व्यापारीहरूबीच गम्भीर बहस सुरु भएको छ।

संघले व्यवसायीहरूको हकहितमा खास काम नगरेको आरोप लाग्दै आएको छ। तर महोत्सव सञ्चालनमा मात्र जोड दिइनु, भित्र कतै स्वार्थ लुकेको संकेत हो कि भन्ने आशंका बढेको छ।

यता, उपाध्यक्ष अजय कुमार कसौधन, महासचिव देवेश जायसवाल र सचिव बासुदेव बर्मा (अजय) लगायत केही पदाधिकारीहरूले लेखा विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका छन्। तर, संघभित्र बहुमतको आडमा उनीहरूको आवाजलाई दबाउने प्रयास भइरहेको गम्भिर आरोप छ ।

अब प्रश्न उठेको छ— यो महोत्सव साँच्चिकै जनताको उत्सव हो या केही व्यक्तिको स्वार्थपूर्तिको माध्यम मात्रउत्तर दिने जिम्मेवारी सरोकारवालामाथि छ—पारदर्शिता र जवाफदेहिताको पालना गर्ने कि पुरानै गल्ती दोहोर्याउने?

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.