शिवराजमा सम्पन्न निःशुल्क आँखा शिविरबाट ३२७ जनाले लिए सेवा

0
Quantam abroad studies


शिवराज नगरपालिका वडा नम्बर ३ मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा रुइत फाउन्डेसन काठमाडौंको आर्थिक सहयोग तथा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहकार्यमा आयोजना गरिएको उक्त शिविरमा ३२७ जनाले आँखा परीक्षण गराएका छन्।

शिविरमा सहभागीमध्ये ११ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि अपरेशनका लागि सिफारिस गरिएको छ। त्यस्तै, १४७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ।
शिविर स्थानीय आधारभूत विद्यालय मदवाको प्राङ्गणमा संचालन गरिएको थियो। आँखा पोल्ने, सुख्खा हुने, दृष्टि कम हुने जस्ता समस्या भएका बिरामीको जाँच गरी आवश्यक औषधि तथा परामर्श प्रदान गरिएको थियो।

वरिष्ठ आँखाविशेषज्ञसहितको टोलीले सेवा प्रदान गरेको शिविरमा दृष्टि परीक्षणदेखि शल्यक्रिया सिफारिससम्मका सम्पूर्ण प्रक्रिया निःशुल्क रुपमा सम्पन्न गरिएको थियो। स्थानीय बासिन्दालाई लक्षित गरी गरिएको यस खालको शिविरले आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका नागरिकलाई राहत पुर्‍याएको बताइएको छ।

sahani furniture udyog

वडा अध्यक्ष टेकलाल सापकोटाले यस्तो जनमैत्री कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रेरणा मिलेको बताए। “स्वास्थ्य सचेतना बढाउनु र उपचार सेवा पहुँचमा पुर्‍याउनु नै हाम्रो प्रमुख उद्देश्य हो,” उहाँले भन्नुभयो।

शिविर सफल बनाउन वडा कार्यालय, स्वयंसेवक, स्वास्थ्यकर्मी, विद्यालय परिवार तथा स्थानियवासीहरूको उल्लेखनीय भूमिका रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.