भरुवा बन्दुकसहित युवक पक्राउ

0
Quantam abroad studies

उदयपुर — उदयपुरको संगमचोकबाट प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार राति ९ बजे त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाको सीमास्थित संगमचोकमा चेकजाँच गर्ने क्रममा उक्त पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलमा लुकाइछिपाई राखिएको अवस्थामा एक नाल लोड गरिएको बन्दुक र अर्को अपूरो अवस्थामा रहेको भरुवा बन्दुक फेला परेको हो।

sahani furniture udyog

सशस्त्र तयारीमा देखिएको ती बन्दुकसहित उदयपुरगढी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष मगरलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा हिरासतमा राखिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.