काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरि सुरक्षा व्यवस्था कडा

0
Quantam abroad studies

काठमाडौं, वैशाख २५ — भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि त्यसको असर नेपालमा नपरोस् भन्ने उद्देश्यले नेपाली सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। उनका अनुसार दुबै देश नेपालका छिमेकी राष्ट्र भएकाले दूतावास वरिपरि कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रहरी सतर्क रहेको छ।

सरकारले युद्धको छायाँ नेपालमा नपरोस् भन्ने उद्देश्यले भारतीय–पाकिस्तानी तिक्ततालाई ध्यानमा राख्दै नेपाली भूमि कुनै पनि पक्षद्वारा प्रयोग नहोस् भन्ने कडाइ गरेको छ।

sahani furniture udyog

गृह मन्त्रालयले सशस्त्र प्रहरी बललाई सीमा नाकामा निगरानी कडा पार्न निर्देशन दिएको छ। शंकास्पद व्यक्ति वा समूह नेपाल प्रवेश गर्न खोजेमा आवश्यक कारबाही गर्न समेत सुरक्षा निकायहरूलाई सचेत गराइएको मन्त्रालय स्रोतले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.