“युवा पलायन होइन, समाधान खोजौँ”: शिक्षा मन्त्री पन्तको आह्वान

0
Quantam abroad studies

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको शिक्षा र अर्थतन्त्र अघि नबढ्ने स्पष्ट पारेका छन्।

नेपाली काँग्रेस शिक्षा विभागद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पन्तले शिक्षा क्षेत्रको समस्यालाई समाधानमुखी ढंगले हेर्नुपर्ने आवश्यकता औंल्याए। “विदेश गएर न त शिक्षा सुधार हुन्छ, न त अर्थतन्त्र,” भन्दै उनले शिक्षा नीतिका लागि विभिन्न देशको मोडालिटी अध्ययन गरिरहेको बताए।

उनले बुद्धिजीवीहरूलाई राजनीतिक चाकरी नगरी, पदको लागि मन्त्री वा प्रधानमन्त्रीको पछि नलाग्न आग्रह गरे। “भिसी बन्न प्रधानमन्त्री कहाँ जानुपर्ने स्थिति हटाउनुपर्छ,” मन्त्री पन्तको जोड थियो।

sahani furniture udyog

उनका अनुसार निजी क्षेत्रको भूमिका विना शिक्षा क्षेत्र अघि बढ्न गाह्रो छ, तर त्यसको स्पष्ट मोडालिटी बनाउन जरुरी रहेको छ।

शिक्षामा दीर्घकालीन सुधारका लागि अब सबैले मिलेर सोच्ने समय आएको मन्त्री पन्तको सन्देश थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.