हाईटेन्सन तारबाट करेन्ट लागेर जंगली हात्तीको मृत्यु

0
Quantam abroad studies

झापा जिल्लाको कमल गाउँपालिका–३ मा हाईटेन्सन तारबाट करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। रतुवामाई वृक्षारोपण आयोजना अन्तर्गतको वन क्षेत्रभित्र गएराति उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

डिएसपी खड्काका अनुसार हात्तीले फलामको बिजुली पोललाई धकेल्दा उच्च भोल्टेजको तारमा छोइएर करेन्ट लागेको थियो। करेन्ट लागेर हात्तीको सुँड र एक दांत जलेको अवस्थामा भेटिएको र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय झापासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog

यो वर्ष मात्रै झापामा तीन वटा जंगली हात्तीको मृत्यु भइसकेको छ। यसअघि जेठ ७ गते बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा एक रैथाने हात्ती मृत अवस्थामा फेला परेको थियो। त्यस्तै, फागुन २९ गते कचनकवल गाउँपालिका–७ मा रहेको पाथीभरा सामुदायिक वनमा सडेगलेको अवस्थामा वयस्क भाले हात्तीको शव भेटिएको थियो।

यसै वर्ष हात्तीको आक्रमणबाट चार जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.