कपिलवस्तुका ४ पालिकामा आइतवार सार्वजनिक बिदा

0
Quantam abroad studies

कपिलवस्तु, जेठ २३ – मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकरईद (ईद–उल–अजहा) को अवसरमा कपिलवस्तु जिल्लाका चार स्थानीय तहहरूले आइतवार (जेठ २५ गते) सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।

बिदा दिने स्थानीय तहहरूमा महाराजगन्ज नगरपालिका, शुद्दाेधन गाउँपालिका, यशाेधरा गाउँपालिका र मायादेवी गाउँपालिका रहेका छन्। पालिकाहरूले धार्मिक तथा सांस्कृतिक विविधता सम्मान गर्दै बिदा दिने निर्णय गरेका हुन्।

बकरईद पर्व मुस्लिम समुदायले धुमधामका साथ मनाउने प्रमुख चाडहरूमध्ये एक हो। यस दिन इस्लाम धर्मावलम्बीहरूले बलि चढाउने, प्रार्थना गर्ने र आपसी मेलमिलापका साथ पर्व मनाउने गर्छन्।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.