पाल्पामा भेटीएकाे जडिबुटी यार्सागुम्बा भएकाे पुष्टि, प्रवेशमा निषेध

0
Quantam abroad studies

, पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नम्बर–३ रिमिघा लेक क्षेत्रमा यार्सागुम्बा भेटिएको पुष्टि भएको छ। डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा उक्त जडीबुटी यार्सागुम्बा नै भएको प्रमाणित भएको हो।

रिमिघा लेकमा झाडी फाँड्ने र सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो। त्यसपछि नमुना परीक्षणका लागि खुमलटार प्रयोगशाला पठाइएको थियो।

गाउँपालिकाले उक्त क्षेत्रलाई हाल सर्वसाधारणका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा केही दिन थप गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए।

sahani furniture udyog

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार यार्सा भेटिएको पुष्टि भए पनि यसको प्रजाति र औषधिजन्य मूल्यांकन अझै हुन बाँकी छ।

समुद्री सतहबाट १,८०० मिटरको उचाइमा यार्सागुम्बा फेला परेको यो घटना विशेष मानिएको छ, किनभने सामान्यतया यो बहुमूल्य जडीबुटी ३,५०० देखि ५,५०० मिटर उचाइमा पाइन्छ। यार्सागुम्बा शक्तिवर्द्धकदेखि क्यान्सर, क्षयरोग, मिर्गौला र मुटु रोगसम्मका औषधिमा प्रयोग हुने बहुगुणयुक्त प्राकृतिक जडीबुटी हो।

नेपाल चीनपछि विश्वमा यार्सागुम्बाको दोस्रो ठूलो आपूर्तिकर्ता मानिन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.