लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट असार १ गते सार्वजनिक हुने

0
Quantam abroad studies

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट असार १ गते आइतबार प्रस्तुत गर्ने भएको छ।

प्रदेश सभाको १३औँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वार्षिक बजेट र “अर्थ सम्बन्धी विधेयक” सभामा पेश गर्नुहुने कार्यसूची सार्वजनिक गरिएको छ।

यसपटकको बजेटमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, र रोजगारीलाई प्राथमिकतामा राखेर प्रदेश समृद्धि र विकासलाई लक्ष्य गर्ने तयारी छ।

sahani furniture udyog

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा आधारित बजेटले प्रदेशवासीको जीवनस्तर सुधार्ने र समृद्धिमा योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ।

पछिल्लो चालू वर्षमा ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको बजेटको आकार केही घटाएर ल्याउने तयारी गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.