पहिरोले देशका विभिन्न पाँच सडक पूर्ण रूपमा अवरुद्ध

0
Quantam abroad studies

काठमाडौं । गए रातिको अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एक सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

प्रहरीका अनुसार, आइतबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार ललितपुरको आश्रांगदेखि गिम्दी जाने सडक पूर्णरूपमा अवरुद्ध भएको छ। कोशी प्रदेशमा धनकुटाको रवि–राँके–भेडेटार सडक र खोटाङको दिक्तेल–गाईघाट सडक पनि पूर्ण रूपमा अवरुद्ध छन्। खोटाङमै मध्यपहाडी राजमार्गको हलेसी खण्ड भने एकतर्फी सञ्चालन भइरहेको छ।

sahani furniture udyog

त्यसैगरी, मकवानपुरको भीमफेदी क्षेत्रमा कान्तिपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा अरनिको राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीको जानकारी छ।

सडक अवरोधले यातायात तथा आवतजावतमा समस्या सिर्जना गरेको छ। सम्बन्धित निकायले सडक पुनः सञ्चालनका लागि प्रयास गरिरहेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.