रोशी खोलाको बाढीमा फसेका पाँच जनाको सकुशल उद्धार

0
Quantam abroad studies

काठमाण्डौ – गएरातिको वर्षापछि रोशी खोलामा आएको आकस्मिक बाढीले काभ्रेको नमोबुद्ध नगरपालिका–५, लासकोटमा पाँच जना व्यक्तिलाई खोलाको बीचमा फसाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा उनीहरूको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

स्थानीय निर्माण कार्यका लागि खोलामा गएका ठेकेदार, चालक, सहचालक र मजदुर अचानक बढेको पानीको बहावका कारण फसेका थिए। उद्धार गरिएकामध्ये ठेकेदार सञ्जय लामा (४२), एस्काभेटर चालक समिर तामाङ (२९), टिपर चालक रेमन तामाङ (३२), सहचालक मुस्कान तामाङ (१९) र मजदुर सागर राई (२१) रहेका छन्।

sahani furniture udyog

यद्यपि बाढीका कारण खोलामै अड्किएका एस्काभेटर र टिपर भने निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.