कपिलवस्तु मा भगवान राम को बिवाह पन्चमी उत्सव मनाइने

0
Quantam abroad studies
photo from- social media

मङ्सिर -६,कपिलवस्तु

sahani furniture udyog

अजय सहानी- कपिलवस्तु जिल्ला भगवान तौलेश्वर नाथ एवं गौतम बुद्ध नगरी तौलिहवामा राष्ट्रिय हिन्दु परिषद नेपाल एवं दुर्गा पूजा समितिहरुको संयुक्त अयोजनमा २०७६ मङ्सिर १५ गते का दिन हिन्दुहरुको आराध्यदेव भगवान श्रीराम को शुभ बिवाह पन्चमी को अवसरमा जिल्ला सदरमुकाम तौलिहवा बाल मन्दिर बाट बिहान ११ बजे देखि नगर परिक्रमा गरि उक्त बाल मन्दिरको प्राङ्गणमा पुन: पुगि श्रीराम बिवाह उत्सवको सभा कार्यक्रम गर्ने भनी आयोजक समितिको पदाधिकारी प्रीतम पान्डेय ले जानकारी गराउनुभयो । राष्ट्रिय हिन्दु परिषद नेपाल को जिल्ला अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी ले हिन्दु धर्मको परम्परा एवं संस्कृतिको संरक्षण गर्दै भगवान श्रीराम को जीवनका उच्च आदर्श एवं मुल्यमान्यतालाइ आजको युवा पिढी माझ पुर्याउन उक्त कार्यक्रमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भनी पुर्ण बिस्वास व्यक्त गर्दै सम्पुर्ण जिल्ला बासीलाई उक्त उत्सव कार्यक्रममा सहभागी हुन चौधरीले आव्हान गर्नुभएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.