वैदेशिक रोजगारीको नाममा ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

0
Quantam abroad studies

काठमाडौं – वैदेशिक रोजगारीको प्रलोभन देखाई ५८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–३ की ३१ वर्षीया नविना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेली रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो।

उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट ५२ लाख रुपैयाँ लिएकी थिइन् भने लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट ६ लाख रुपैयाँ असुलेका थिए। पैसा लिई सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएको आधारमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

sahani furniture udyog

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.