भारतकाे मन्दिरमा रथ महोत्सवमा भागदौड हुँदा ३ जनाको मृत्यु

0
Quantam abroad studies

हिन्दू धर्मावलम्बीहरूको रथ महोत्सवका क्रममा आइतबार पुरीको गुन्डिचा मन्दिर नजिकै भागदौड हुँदा कम्तीमा ३ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्।

जिल्ला अधिकारी सिद्धार्थ स्वैनका अनुसार भीड अत्यधिक बढेपछि पेलापेल हुँदा नौ जनालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। तीमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मुख्यमन्त्री मोहनचरण माझीले घटनालाई “दुःखद र अक्षम्य लापरबाही” भन्दै दोषीमाथि छानबिन र कडा कारबाहीको निर्देशन दिएका छन्।

sahani furniture udyog

भारतमा धार्मिक चाडपर्वमा भिड र भागदौडका यस्ता घटना पटक–पटक हुने गरेका छन्। यसअघि मे महिनामा गोवामा भएको अनुष्ठानमा ६ र जनवरीमा प्रयागराजको कुम्भ मेलामा ३० जनाको मृत्यु भएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.