लुम्बिनी प्रदेशद्वारा शुभम खनाल र रौनक श्रीवास्तवलाई जनही एक लाख रुपैयाँ सहित सम्मान

0
Quantam abroad studies

लुम्बिनी प्रदेश सरकारले एसीसी यु-१६ इस्टन जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका दुई खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ।

प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीबार देउखुरीस्थित राप्ती उपत्यकामा सम्पन्न एक विशेष समारोहमा खेलाडीहरू शुभम खनाल र रौनक श्रीवास्तवलाई जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक पुरणसिंह खत्रीलाई ५० हजार रुपैयाँसहित सम्मान गरियो।

कार्यक्रमका प्रमुख अतिथि परिषद्का सदस्य सचिव टिरनदाज गौतमले विजयी टोलीका प्रतिनिधिहरूलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरे। गौतमले खेल क्षेत्रको समग्र विकास र खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि यस्ता सम्मान कार्यक्रम आवश्यक रहेको बताए।

उनले भने, “प्रदेश सरकारले सबै खेलहरूलाई समान अवसर र सहयोग दिने नीति लिएको छ। हामी खेलकुद विकासमा निरन्तर काम गरिरहेका छौं।”

sahani furniture udyog

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरलगायतको उपस्थिति थियो।

सम्मानित खेलाडी खनाल (लमही-५, दाङ) र श्रीवास्तव (कृष्णनगर, कपिलवस्तु) तथा प्रशिक्षक खत्री (घोराही उपमहानगर) ले प्रदेश सरकारको सम्मानले थप जिम्मेवारी र हौसला मिलेको प्रतिक्रिया दिएका छन्।

प्रदेशस्तरमै पहिलोपटक यु-१६ क्रिकेट विजेता टोलीका प्रतिनिधिहरूलाई गरिएको यस्तो सम्मानले भविष्यमा अन्य खेलाडीहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.