बाढीले १० बढी जलविद्युत आयोजना ठप्प, दैनिक करोडौंको घाटा

0
Quantam abroad studies

काठमाडौँ — चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेको लेहेन्दे खोलामा गएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका दर्जनभन्दा बढी जलविद्युत आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अनुसार निर्माण सम्पन्न र निर्माणाधीन दुवै खालका आयोजनामा ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति पुगेको छ।

बाढीका कारण करिब २५० मेगावाट क्षमताका सञ्चालित जलविद्युत आयोजना बन्द हुन पुगेका छन् भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माण रोकिएको इप्पानले जानकारी दिएको छ।

बन्द भएका प्रमुख आयोजना:

  • १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना
  • ६० मेगावाटको त्रिशूली ३ ए
  • २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र
  • २२ मेगावाटको चिलिमे
  • १४–१४ मेगावाटका माथिल्लो मैलुङदेवीघाट
  • ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजना

इप्पानका अनुसार मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युतको विद्युत प्रवाह हुने त्रिशूली ३ बी हब सवस्टेशनमा क्षति पुगेपछि ती आयोजना बन्द भएका हुन्। तीमध्ये देवीघाट, त्रिशूली र त्रिशूली ३ ए बाहेक अन्य आयोजना निजी क्षेत्रको लगानीमा निर्माण गरिएको हो।

निरन्तरता नपाएको निर्माणाधीन आयोजना:

sahani furniture udyog
  • २१६ मेगावाटको माथिल्लो त्रिशूली–१
  • १०० मेगावाटको सुपर त्रिशूली
  • ३७ मेगावाटको त्रिशूली ३ बी

यी आयोजनाको काम बाढीले क्षति पुर्याएपछि रोकिएको इप्पानले जनाएको छ।

बाढीले त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारण लाइनमा क्षति पुर्याएपछि विद्युत उत्पादन र प्रसारण ठप्प छ। यसबाट दैनिक करोडौं रुपैयाँ बराबरको घाटा हुने अनुमान गरिएको छ।

इप्पानको विज्ञप्तिमा भनिएको छ, “टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौं कन्टेनर र भन्सार बिन्दुमा रहेका सयौं गाडी बगाएका छन्। निर्माणाधीन सुख्खा बन्दरगाह पूर्ण रूपमा ध्वस्त बनेको छ भने चीन–नेपाल मुख्य व्यापार नाका पुल नै बगाएको छ, जसले व्यापार र सरकारको राजस्वमा गम्भीर असर पार्नेछ।”

इप्पानले सरकारसँग नाका सुचारु गर्न तत्काल पहल गर्न, जलविद्युत आयोजनाको पुनःनिर्माणमा सहजीकरण गर्नप्रभावित नागरिकको सुरक्षाका लागि आवश्यक कार्य अघि बढाउन आग्रह गरेको छ।

साथै, संकटको बेलामा करिब १५० जनाको उद्धारमा सक्रिय भूमिका खेलेका सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई धन्यवाद दिँदै, इप्पानले पुनःनिर्माणका लागि समन्वित प्रयास आवश्यक रहेको औंल्याएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.