बाँदर र बँदेल नियन्त्रण गर्न करेन्ट नलगाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे चेतावनी

0
Quantam abroad studies

काठमाडौं । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले किसानहरूले बाँदर र बँदेल जस्ता वन्यजन्तु नियन्त्रण गर्ने नाममा नाङ्गो तारमार्फत करेन्ट प्रवाह नगर्न चेतावनी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय किसानहरूले आफैंले नाङ्गो तारमा विद्युत प्रवाह गरी जनावर धपाउने अभ्यास गरिरहेको पाइएको उल्लेख छ। यसरी प्रयोग गरिएको करेन्टले जनधनमा क्षति पुग्ने, प्रहरी अनुसन्धानमा समेत मुद्दा दर्ता भइसकेको र हाल पनि कतिपय ठाउँमा यो खतरनाक अभ्यास भइरहेको गुनासोहरू प्राप्त भएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार नाङ्गो तारमा करेन्ट प्रवाह गर्नु केवल गैरकानुनी मात्र नभई सर्वसाधारणको ज्यानसमेत जोखिममा पार्ने गम्भीर अपराध हो। यस्तो कार्य गर्ने व्यक्तिले कानूनी सजाय भोग्नुपर्ने स्पष्ट चेतावनी दिइएको छ।

sahani furniture udyog

त्यसैले जिल्ला प्रशासनले सर्वसाधारणलाई सचेत रहन, यस्तो गतिविधि नगर्न र अरूलाई पनि रोक्न आग्रह गरेको छ। साथै, यस्ता घटना देखिएमा नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा तुरुन्त जानकारी दिन अपिल गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.