तीन दिनसम्म सक्रिय रहने मनसुन, बाढी–पहिरोको जोखिम उच्च

0
Quantam abroad studies

काठमाडौँ, साउन १८ – देशभर मनसुन थप सक्रिय बनेको छ र आगामी तीन दिनसम्म त्यसको प्रभाव जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अस्तिदेखि वर्षा हुने क्रम तीव्र बनेको छ भने हिजो र आज देशका धेरै ठाउँमा भारी वर्षा भएको छ।

लगातारको वर्षाले नदी तथा खोलाहरूमा पानीको सतह बढ्दो क्रममा रहेको छ, जसले बाढी, पहिरो र डुवानको जोखिम पनि बढाएको छ। महाशाखाले तटीय तथा होचा क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

जोखिममा रहेका क्षेत्रहरू:

  • भक्तपुर: हनुमन्ते खोलामा जलस्तर सतर्कता तह नाघेको
  • डोल्पा: ठूली भेरी नदीमा बहाव बढ्दो
  • रुकुम पश्चिम: ठूलो भेरीमा खतरा
  • म्याग्दी: म्याग्दी खोलाको जलस्तर उच्च
  • जाजरकोट: नलगाढ खोलामा बहाव तीव्र
  • सोलुखुम्बु: सोलु खोलामा पनि सतर्कता स्तर पार
sahani furniture udyog

त्यस्तै, झापा, उदयपुर (गाइघाट, मुरखुची बजार, चुरेमाई), र सिराहा (लहान, सिराहा हाइड्रो आसपास) मा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ।

, हाल कोशी र मधेश प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइरहेको छ भने बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाको अनुमान अनुसार, आज दिउँसोदेखि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा एक/दुई स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तो अवस्थामा सर्वसाधारणलाई सतर्क र सावधान रहन सुझाव दिइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.