एमसिसी पुनः सक्रिय,प्रसारण लाइन निर्माणमा २१ अर्ब लगानी गर्ने

0
Quantam abroad studies

अमेरिकी वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ । नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ अघि बढेको यस कार्यक्रमअन्तर्गत बिहीबार दुई महत्त्वपूर्ण निर्माण सम्झौतामा हस्ताक्षर गरिएका छन् ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) र अमेरिकी सरकारको संयुक्त लगानीमा सञ्चालित विद्युत् प्रसारण आयोजना यस कदमको केन्द्रमा छ । प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारणलाइन निर्माण एन्जेलिक स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण वाइबा सलासर संयुक्त उपक्रमलाई जिम्मा दिइएको हो ।

यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनका कार्य गरिने छन् । कुल लागत करिब १५.४५ करोड अमेरिकी डलर हुनेछ । सम्झौतामा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट, दुवै ठेक्का कम्पनीका प्रतिनिधि, अर्थ मन्त्रालयका अधिकारी, नेपाल विद्युत् प्राधिकरण, अमेरिकी दूतावास र एमसिसीका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

sahani furniture udyog

एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विंगलले हस्ताक्षरपछि नेपालको ऊर्जा उपलब्धता र विश्वसनीयता सुधार गर्न, साथै क्षेत्रीय ऊर्जा व्यापार र अन्तरसम्बन्ध विस्तारमा सहकार्य गर्न पाउँदा गौरव भएको बताए । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले यो सम्झौतालाई नेपालको विकास र समृद्धिप्रतिको अमेरिकी स्थायी प्रतिबद्धताको स्पष्ट संकेत भने ।

अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सका अनुसार, यो साझेदारी केवल प्रसारणलाइन र पूर्वाधारमा सीमित नभई नेपालको दीर्घकालीन आर्थिक विकासलाई पनि गति दिनेछ ।

एमसिसी नेपाल कम्प्याक्ट करिब ६९ करोड ७० लाख अमेरिकी डलरको लगानी हो, जसले निजी क्षेत्रको लगानी अभिवृद्धि, महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार विस्तार, सडक मर्मत तथा यातायात सञ्जाल सुधारमार्फत दीर्घकालीन आर्थिक वृद्धिमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.