कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

0
Quantam abroad studies


बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुई किशोरलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गएराति नेपालगन्ज बसपार्क क्षेत्रमा चेकजाँचका क्रममा नेपालगन्ज–९ का १७ वर्षीय दुई जना युवक पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले जानकारी दिए।

sahani furniture udyog

पक्राउ परेका उनीहरू ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा पुष्पलाल चोकतर्फबाट बसपार्क जाँदै गर्दा चेकजाँचमा परेका थिए। प्रहरीले बरामद हतियारसहित दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.