इपिएस शाखाको चेतावनी : कोरियन भाषा परीक्षा पास गर्नु मात्र रोजगारीको सुनिश्चितता होइन।

0
Quantam abroad studies

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले रोस्टरमा परेका नेपाली युवाहरूले जुलुस, धर्ना र आन्दोलनजस्ता गतिविधि गर्न थालेकाले सम्पूर्ण प्रक्रिया प्रभावित भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ।

शाखाले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा कतिपय युवाहरूको गैरजिम्मेवार गतिविधि इपिएसको दिगोपनमा नकारात्मक असर पारिरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “कोरियन भाषा परीक्षा पास गर्नु मात्र रोजगारीको सुनिश्चितता होइन। रोजगारदाता स्वयंले छनोट गरेपछि मात्र काम गर्न जान सकिन्छ।”

शाखाका अनुसार आन्दोलन, दबाब र अवाञ्छित गतिविधिका कारण कोरियाली रोजगारदाताको धारणा नै प्रभावित हुन सक्ने जोखिम छ। यसले गर्दा रोस्टरमा नाम परेकाहरूको छनोट प्रक्रियामा पनि प्रत्यक्ष असर पर्न सक्ने चेतावनी दिइएको छ।

sahani furniture udyog

इपिएस शाखाले स्पष्ट पारेको छ कि आधारभूत नियमलाई बेवास्ता गर्दै निरन्तर परिवर्तनको माग गर्ने प्रवृत्तिले नेपालबाट कोरियाली रोजगारी प्रणालीलाई नै अवरोध पुर्‍याउन सक्छ।

त्यसैले शाखाले सबै युवाहरूप्रति संयमित रहन, आन्दोलन नगरी प्रक्रियालाई सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.