सकेट बम नेपाली सेनाद्वारा सफलतापूर्वक निष्क्रिय

0
Quantam abroad studies

जुम्लामा फेला परेको सकेट बम नेपाली सेनाले सफलतापूर्वक निष्क्रिय पारेको छ।

शनिबार साँझ जिल्ला समन्वय समिति जुम्लाको कार्यालयको पर्खाल निर्माण गर्ने क्रममा कामदारले सकेट बम भेटेका थिए। तत्कालै प्रहरी र सेनालाई जानकारी गराइएको जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले बताए।

बम फेला परेको खबरपछि आइतबार बिहानै सेनाको देवीदत्त गणको बम डिस्पोजल टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो। सेनाले दिउँसो १ बजेर ३५ मिनेटमा बम सुरक्षित रूपमा निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक असिम हमालले जानकारी दिए।

sahani furniture udyog

बम निष्क्रिय भएपछि कार्यालय परिसर सुरक्षित बनेको र कर्मचारीले सहज महसुस गरेको प्रमुख आचार्यले बताए। प्रारम्भिक अनुमानअनुसार उक्त सकेट बम संकटकालीन समयमा माओवादीहरूले छाडेको हुनसक्ने आशंका गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.