
कपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जेनजी आन्दोलनप्रति भएको सरकारी दमनप्रति कडा आपत्ति जनाएका छन्।
उनका अनुसार अहिले देश गम्भीर संकटतर्फ धकेलिएको छ र यसबाट निस्कन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर समाधानको बाटो खोल्न जरुरी छ।
फेसबुकमार्फत उनले लेखेका छन्, “देशमा आगो भइसकेको छ, ठूलो जनधनको क्षति भइसकेको छ। अब पनि ढिलाइ भयो भने हाम्रो मूर्खताको मूल्य असह्य महँगो हुनेछ।”

राजधानी बानेश्वरमा भएको प्रदर्शनमा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन्।
